पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन् । अधिकारी आजै मुख्यमन्त्री नियुक्त भएपछि शपथ ग्रहण लगत्तै पदभार समाल्न मुख्यमन्त्रीको कार्यालय पुगेका थिए ।
पदभार ग्रहण लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्न सुशासन कायम गर्ने र सेवा प्रवाह सहज बनाउनका लागि सुझाव पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको बैठक तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेशमा रहेका डायलिसिस सेवा आवश्यक पर्ने मिर्गौला पीडितलाई लक्षित गरी प्रदेश मातहतका अस्पतालमा डायलिसिस सेवा विस्तार गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले सरकारको प्रवक्तामा विना विभागीय मन्त्री सिता सुन्दासलाई जिम्मेवारी तोकेका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, २० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका
गण्डकी प्रदेश सभा : आजदेखि बजेटमा छलफल
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह