काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको समन्वयमा सबै समस्या समाधान गर्ने गरी काम अघि बढेको बताएका छन्।
बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंकबीच मर्जरपछिको एकीकृत कारोबारको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अब डिजिटल र नवप्रवर्द्वनमा सहज गराउने अभियनमा लाग्न आग्रह गरेका छन्।
अर्थतन्त्र तत्काल सुधार गर्न पर्ने देखिएकोले सरकार गठन लगत्तै पहिलो निर्णय यसै सम्बन्धी गरिएको उनले बताए। निजी क्षेत्रका चासो र माग सम्बोधन गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग हालै छलफल गरेको उनले बताए।
प्रधानमन्त्रीले मर्जरले ठूला परियोजनामा अब वित्तिय लगानी जुटाउन सहज हुने आशा व्यक्त गरेका छन्। युवालाई रोजगारी र उद्योगका क्षेत्रमा सहयोग गर्न उनको आग्रह छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ पुस २०७९, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ