प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीको शपथ हुँदै

सफल खबर संवाददाता

सोमबार, २५ पुस २०७९, ०८ : ३०
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्रीको शपथ हुँदै

काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतबहादुर कार्कीको शपथ सोमवार हुने भएको छ । सोमवार दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयमा सूचना अधिकारी रामकुमार श्रेष्ठले बताए । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतवार नै कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । सोहीअनुसार उनलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए । 
 
मुख्यमन्त्री कार्कीले सानो आकारका मन्त्रिमण्डल आज नै विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस