काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेश संसदीय दलको नेता चयनका लागि भोलि सोमवार निर्वाचन हुने भएको छ । पार्टी संसदीय दलको नेता चयनका लागि सहमतिबाट टुंगो लाग्न नसकेपछि निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि पार्टीको निर्वाचन समितिले आज निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ । जसपा नेपालको संसदीय दलको नेताको लागि लालबाबु राउत, सरोजकुमार यादव र रामआशिष यादवले दाबी गरेका छन् ।
आइतबार बसेको निर्वाचन समितिको बैठकले निर्वाचन तालिका सार्वजनिक गरेको छ । भोलि हुने निर्वाचनका लागि जसपा नेपालका मधेस प्रदेशका १६ जना सांसदहरूले मतदान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ पुस २०७९, २१ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै