प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

सफल खबर संवाददाता

शनिबार, २३ पुस २०७९, २३ : २६
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त

विराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमामा नेकपा एमाले प्रदेश १ का संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्। आइतबार ४ बजे दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

झापा क्षेत्र नम्बर ५९१० बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी ६० जना सांसदको समर्थन रहेको थियो । ९३ सदस्यीय रहेको प्रदेशसभामा बहुमत प्राप्त गर्नका लागि ४७ मत आवश्यकको खाँचो थियो ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग आलोपालो सरकार चलाउने सहमतिअुनसार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरिएको छ । सहमतिबमोजिम नै आङ्बोसहित राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलालगायत नेताहरु प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । दाबी पेश भएसँगै प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस