काठमाडौ । सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरको पछाडि दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।
बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको बा८९प ३२१५ र प्रदेश १ ०२ ०४४ प ८६१९ नम्बरका मोटरसाइकल गए राति करिब पौने २ बजे बिग्रिएर रोकिराखेको स१ख ९२८ नम्बरको टिपरमा ठोक्किएका थिए ।
मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
घाइते भएका अन्दाजी २४ वर्षीय पुरुषलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ । प्रहरीका अनुसार मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ पुस २०७९, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु