काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशसभाको संसदीय दलको नेता शुक्रबार चयन गर्दैछ।
पार्टीका नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले शुक्रबार संसदीय दलको नेता चयन गर्न लागेको हो। संसदीय दलको नेता चयनको तयारीका लागि सांसदहरूको बैठक मधेश प्रदेशको कार्यालय जनकपुरमा बिहीबार बसेको थियो।
जसपाको संसदीय दलसम्बन्धी विधानमा निर्वाचन प्रक्रियाबाटै संसदीय दलको नेता चयन गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था बमोजिम मधेश प्रदेशमा निर्वाचन समितिले प्रक्रिया अगाडि बढाएको हो।
मधेश प्रदेशमा जसपाका प्रत्यक्षतर्फबाट निर्वाचित ९ जना र समानुपातिक ७ जना गरी १६ जना सांसद छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, १० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा