काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। शुक्रबार देशका पहाडी भू(भागमा आंशिक बदली रही तराईका धेरै भूभागहरूमा हुस्सुरकुहिरो शीतलहर लागिरहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहनेछ भने तराईका धेरै भूभागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, आज राती देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भूभागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ।
आज तराईका धेरै भूभागहरूमा बाक्लो हुस्सुरकुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यसैगरी, शनिबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।तराईका धेरै भू(भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना