काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालको राजनीतिक समितिको बैठकद्वारा गठीत छानवीन समितिले आफ्नो काम थालेको छ । २०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, निष्कृय रहने, असहयोग गर्ने, पार्टी विरुद्ध गतिविधि गर्ने संघीय परिषद् सदस्य तथा केन्द्रीय समितिका सदस्यहरुमाथि छानवीन हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
त्यसका लागि पार्टीको प्रदेश समिति, पहिचानमा आधारित राष्ट्रिय समिति र स्थानीय समितिहरु सँग उपलब्ध सबुत प्रमाणहरु, चिठी पत्र, भ्वाइस रेकर्ड र सामाजिक सञ्जालमा प्रयोग गरिएका प्रमाण लगायत प्रचार प्रसार सामाग्री उपलब्ध गराउन छानवीन समितिले माग गरेको उनको भनाइ छ ।
छानवीन समितिले आफ्नो कार्य सम्पन्न गर्नका लागि माघ मसान्त सम्मको समय सीमा पाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० पुस २०७९, २० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा