सचिवहरुसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले मागे प्रगति र समस्याका विवरण

सफल खबर संवाददाता

सोमबार, १८ पुस २०७९, १८ : ५४
सचिवहरुसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले मागे प्रगति र समस्याका विवरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विभिन्न मन्त्रालयका सचिवहरु र विभागीय प्रमुखहरुसँग कामकारबाहीबारे जानकारी लिएका हुन्।

प्रधानमन्त्री प्रचण्डसँग सचिवहरुले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र भोग्नु परेको समस्याबारे ब्रिफिङ दिएका छन् । साथै, भोलि (मंगलबार) प्रधानमन्त्रीले निर्देशनात्मक सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

सबै मन्त्रालयका सचिवहरुले मन्त्रालयको प्रगति विवरण र चुनौतीहरुप्रधानमन्त्री समक्ष पेश गरेपछि प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई निर्देशन दिनेछन्।

प्रतिक्रिया दिनुहोस