कास्कीको सिक्लेसमा २ घर जलेर नष्ट, पूर्व वडाध्यक्षको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १८ पुस २०७९, १० : १५
कास्कीको सिक्लेसमा २ घर जलेर नष्ट, पूर्व वडाध्यक्षको मृत्यु

पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । घर जल्दा पूर्व  वडाध्यक्षको मृत्यु भएको छ । मादी गाउँपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्ष सुरज कुमार गुरुङको आगोले जलेर मृत्यु भएको वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए । 

आइतबार राति पौने ९ बजे आगलागी हुँदा गुरुङ घरभित्रै रहेका र घरसँगै जलेर उनको मृत्यु भएको बताइएको छ । तर, आगलागीको समयमा घरबाट निस्किन सक्ने अवस्था भएपनि उनी भित्रै रहनुमा रहस्यमय हुन सक्ने आशंका गरिएको छ । गुरुङको घर ढुंगामाटो र टिनको छानाले छाइएको थियो । 

आगलागीमा नजिकै रहेको टौराज गुरुङको कोरियन प्रविधिले बनेको दुई तले घर पूर्ण रुपमा नष्ट भएको छ । घरमा रहेका अन्नपातदेखि सबैकुरा जलेर नष्ट भएको वडाध्यक्ष गुरुङले बताए । आगलागीको कारण भने अझै खुलेको छैन । 

आगो करिव ११ बजे स्थानीय भेला भएर निभाएका हुन् । क्षतिको विवरण आएको छैन । मृतक गुरुङ २०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।