काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सोमबार बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्न लागेका हुन्।
मन्त्रालयहरूमा भइरहेका कार्यप्रगति र समस्यालगायत विषयमा छलफल केन्द्रित रहने बताइएको छ। यसैबीच आजै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग पनि छलफल गर्न लागेका छन्।
सोमबार बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म ८ जना मन्त्री बनाएका छन्। तर अधिकांश मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै हेर्ने गरी राखिएको छ। मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ पुस २०७९, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति