काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रालयका सचिवहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सोमबार बिहान ११ बजे प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गर्न लागेका हुन्।
मन्त्रालयहरूमा भइरहेका कार्यप्रगति र समस्यालगायत विषयमा छलफल केन्द्रित रहने बताइएको छ। यसैबीच आजै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग पनि छलफल गर्न लागेका छन्।
सोमबार बिहान १० बजे सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्डले अहिलेसम्म ८ जना मन्त्री बनाएका छन्। तर अधिकांश मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै हेर्ने गरी राखिएको छ। मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ पुस २०७९, १० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की