काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ ।
मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ । जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय गरिसकेको छैन ।
कार्यकारिणी समितिको बैठकले यो विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो । त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेन्डा पनि छन्

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ पुस २०७९, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै