कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

सोमबार, १८ पुस २०७९, ०७ : ५६
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ । 

दिउँसो प्रदेश १ को पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । 

राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको आलकन महाशाखाले गरेको छ । मंगलबार प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण गरिएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक,दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस