प्रदेश नम्बर १ को पहिलो संसद बैठक आज बस्दै

सफल खबर संवाददाता

आइतबार, १७ पुस २०७९, ०८ : ०५
प्रदेश नम्बर १ को पहिलो संसद बैठक आज बस्दै

काठमाडौं । प्रदेश नम्बर १ को प्रदेशसभाको पहिलो बैठक  आइतबार बस्दैछ । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले गर्नेछन् ।

सांसदहरूले शपथग्रहण भएसँगै सरकारको सिफारिसमा प्रदेश प्रमुखले पहिलो बैठक आज दिउँसो १ बजेका लागि आहवान गरेका हुन् ।  प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार आजको बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।

 त्यस्तै, प्रदेशसभा नियमावली २०७४ ९पहिलो संशोधनसमेत० लाई अंगीकार गरी बैठक सञ्चालन गर्न प्रस्ताव प्रस्तुत हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस