काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको गृहमन्त्री रविको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्रालय बाँडफाँट तथा अन्य पद भागबण्डाका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ ।
मन्त्रिपरिषद् गठन भएको एक हप्ता हुन लागे पनि प्रधानमन्त्रीबाहेक तीन मन्त्रीको मात्रै मन्त्रालय तोकिएको छ ।
भागबण्डा नमिल्दा नवनियुक्त अन्य मन्त्रीको जिम्मेवारी तोकिएको छैन भने मन्त्रिपरिषद् विस्तार पनि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ पुस २०७९, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’