चिनियाँ कार्यवाहक राजदूत वाङले भेटे प्रधानमन्त्री प्रचण्डलाई

सफल खबर संवाददाता

शुक्रबार, १५ पुस २०७९, १९ : ४३
चिनियाँ कार्यवाहक राजदूत वाङले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ जीनबीच भेटवार्ता भएको छ।

शुक्रबार प्रधानमन्त्री निवासमा दुईबीच भेटवार्ता भएको हो । भेटमा चीनका कार्यवाहक राजदूत वाङले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्को लिखित बधाई तथा शुभकामना सन्देश प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए ।

यसअघि शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लिखित शुभकामना तथा बधाई दिएका थिए।

प्रतिक्रिया दिनुहोस