प्रधानमन्त्री प्रचण्डसँग भारतीय राजदूतको भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, १५ पुस २०७९, १३ : ५५
प्रधानमन्त्री प्रचण्डसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाई पत्र प्रधानमन्त्री दाहालसमक्ष हस्तान्तरण गरेका थिए ।

भेटमा नेपाल भारत बीचको सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस