पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना पुष्टि

सफल खबर संवाददाता

विहीबार, १४ पुस २०७९, १८ : ५८
पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना पुष्टि

काठमाडौं।  नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पीसीआर र एन्टिजेन गरी ८५८ जनाको नमुना परीक्षण गर्दा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका सक्रिय संक्रमितको सङ्ख्या २७ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस