गण्डकी । गण्डकीका प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई शपथ गराएका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै बस्याललाई शपथ ग्रहण गराएका थिए ।
शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्रसहित राष्ट्रिय पोसाक वा जातीय पहिचान झल्किने पोसाकमा उपस्थित भएका छन् ।
६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीका ७ निर्देशनालय खारेज, १८५ कर्मचारीको दरबन्दी कटौती
गण्डकीमा घट्दै बर्खे धान खेती