मन्त्रिमण्डल विस्तार विश्वासको मत पछाडि हुनसक्छ : गृहमन्त्री लामिछाने

सफल खबर संवाददाता

विहीबार, १४ पुस २०७९, १२ : १९
मन्त्रिमण्डल विस्तार विश्वासको मत पछाडि हुनसक्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार हुने भएको छ । 

बिहीबार बालुवाटारमा बसेको सत्ता साझेदार चार दलको बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रम तय भएपछि धेरै कुराको तय हुने भएकाले प्याकेजमा सहमति गर्दा मन्त्रिमण्डल विस्तार पनि विश्वासको मत पाएपछि हुनसक्ने गृहमन्त्री रवि लामिछानेले बताए । साथै मन्त्रिमण्डल विस्तार गर्दा पनि क्षमताका आधारमा मात्रै गर्न दलहरु सहमत भएका छन् । 

‘मन्त्रिमण्डल विस्तार गर्दा क्षमताका आधारमा मात्रै गर्नेमा छलफल भएको छ’,मन्त्री लामिछानेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस