लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान

सफल खबर संवाददाता

विहीबार, १४ पुस २०७९, ११ : ३४
लुम्बिनी प्रदेशसभा अधिवेशन आह्वान

बुटवल। लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले  पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

राप्ती उपत्यका (देउखुरी) को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा अधिवेशन आह्वान गरिएको प्रवक्ता चिरञ्जिवी पौडेलले बताएका छन् । प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिशमा अधिवेशन आह्वान गरिएको हो । त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ गते शपथग्रहण गराइनेछ । प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनका अनुसार पुस १७ गते शपथग्रहण गराउन लागिएको हो ।

प्रतिक्रिया दिनुहोस