काठमाडौं । राप्रपाले पार्टीका संघीय सांसदहरुबाट जनही २० हजार रुपैयाँ लेवी उठाउने निर्णय गरेको छ ।
बुधबार पार्टी कार्यालय धुम्बराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसदहरुबाट जनही २० हजार रुपैयाँ लेवी उठाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार प्रदेशको हकमा भने १० देखि १५ हजारसम्म उठाउने गरी निर्णय भएको छ । प्रदेशमा प्राप्त हुने सेवा सुविधानको आधारमा प्रदेशले सो सीमामा रहेर लेवी तोक्ने गरी निर्णय भएको हो ।
प्रतिनिधिसभामा राप्रपाको १४ सांसद रहेका छन् भने प्रदेशमा २८ सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग