जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध चयन

सफल खबर संवाददाता

बुधबार, १३ पुस २०७९, १२ : ४९
जसपा संसदीय दलको नेतामा रामसहाय यादव निर्विरोध चयन

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी नै छ । एक समूहले अशोक राई वरिष्ठ नेता भएको र उनी नै संसदीय दलको नेता हुनु पर्ने बताउँदै आए पनि उनी उम्मेदवार नै बनेनन् ।

प्रतिक्रिया दिनुहोस