सल्यान। सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको छत्रेस्वरी गाउँपालिका-६ रानागाउँ घर भएकी ५० वर्षीया कमला डाँगी र गंगादेव गाउँपालिका-५ महानेटा घर भएका अन्दाजी ५० वर्षीय तुलाराम ओलीको भीरबाट लडेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल प्रसाद श्रेष्ठले गंगादेव गाउँपालिकाका ओली सोमबार सल्यानको बाग्चौर नगरपालिका ५ टाटकेस्थित रानीपोखरा मेला हेरेर फर्कने क्रममा नजिकैको कालीभीरबाट लडेका थिए भने छत्रेस्वरी गाउँपालिकाकी डाँगी मंगलबार दिउँसो ३ बजेतिर घरबाट घाँसदाउरा गर्न नजिकैको खोरबारे जंगलमा गएको बेला भीरबाट लडेकी थिइन् ।
मेला हेर्न गएका ओली सोमबारदेखि घर नफर्केपछि आफन्तले खोजी गर्दै जाँदा मंगलबार बेलुकी भीरबाट लडेर मृत अवस्थामा फेला पारेका थिए । भीरबाट खसेर घाइते भएकी डाँगीको भने उपचारका क्रममा जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु