काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन् ।सभापति देउवाले पार्टी कार्यालय सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो १ बजे का लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
बैठकको छलफलका लागि ३ वटा एजेण्डा तय भएका छन् । जसअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को समीक्षा, समसामयिक राजनीति विषय रहेका छन् । बैठकमा विशेषतः पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने बताइएको छ ।
निर्वाचनमा ८९ सिट जित हासिल गरेर पहिलो दल बनेको कांग्रेस कसरी प्रतिपक्षको भूमिकामा पुग्यो भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित