काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक डाकेका छन् ।सभापति देउवाले पार्टी कार्यालय सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो १ बजे का लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएका हुन् ।
बैठकको छलफलका लागि ३ वटा एजेण्डा तय भएका छन् । जसअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को समीक्षा, समसामयिक राजनीति विषय रहेका छन् । बैठकमा विशेषतः पछिल्ला समसामयिक राजनीतिक विषयहरुमा छलफल हुने बताइएको छ ।
निर्वाचनमा ८९ सिट जित हासिल गरेर पहिलो दल बनेको कांग्रेस कसरी प्रतिपक्षको भूमिकामा पुग्यो भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?