भैरहवा । बैंककाे ब्याजदर बढी भएकाे भन्दै रुपन्देहीका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । उद्योग व्यवसाय धराशयी हुनेगरी बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर वृद्धि गरेको भन्दै व्यवासयीहरूले संस्थागत रूपमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरमा धर्ना दिएका हुन् ।
रुपन्देहीमा क्रियाशील व्यावसायिक संघसंस्थाहरूले नेपाल राष्ट्र बैँक अगाडि बैंक तथा वित्तीय संस्थाको ज्यादतीबिरुद्ध धर्ना दिँदै व्याजदर एकल विन्दुमा कायम गर, सावा र व्याजदर भुक्तानी अवधि बढाउ, पर्यटन व्यवसायिलाइ विस्थापित हाेइन स्थापित गर, चालू पुँजीकर्जा निर्देशिका २०७९ खारेज, लिलाम बिक्री खारेज गर, उद्योग व्यवसाय गर्ने वातावरण कायम गरलगायतका नारा लगाउँदै विराेध जनाएका थिए ।
सिद्धार्थनगर उद्याेग वाणिज्यसंघबाट सुरु भएकाे विराेध र्रयाली विद्राेही चाेक, नारायण स्थान, आवारोड, बैंक रोडमा प्रदर्शन गर्दै राष्ट्र बैंक अगाडि धर्ना बसेका थिए । धर्नामा यस क्षेत्रका दर्जन बढी संघसंस्थाकाे ऐक्यबद्धता रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै