कर्णाली प्रदेशसभा : जेष्ठ सदस्य एमालेका शाहले लिए शपथ

सफल खबर संवाददाता

सोमबार, ११ पुस २०७९, १२ : ०९
कर्णाली प्रदेशसभा : जेष्ठ सदस्य एमालेका शाहले लिए शपथ

कर्णाली ।  कर्णाली प्रदेशसभाका जेष्ठ सदस्य एमालेका विनोदकुमार शाहले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका हुन् । शाह ६६ वर्षका भए । उनी एमाले प्रदेश अध्यक्ष हुन् । 

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम कर्णाली प्रदेशसभाको सदस्य पदमा निर्वाचित ज्येष्ठ सदस्य शाहले अब अन्य सदस्यहरूलाई शपथ खुवाउने छन् ।  प्रदेशसभा सचिवालयका अनुसार अन्य सांसदहरुको शपथ सोमबार दिउँसो ३ बजे हुने छ ।

शपथ ग्रहण कार्यक्रममा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, लगायतका अन्य नवनिर्वाचित सांसदहरुको सहभागिता पनि रहेको थियो । 

प्रतिक्रिया दिनुहोस