चितुवाको आक्रमणबाट बर्दियामा एक महिला घाइते

सफल खबर संवाददाता

आइतबार, १० पुस २०७९, ०६ : ११
चितुवाको आक्रमणबाट बर्दियामा एक महिला घाइते

बर्दिया। बर्दियाको गुलरिया नगरपालिका-४ स्थित कृष्णसार संरक्षण क्षेत्रसँग जोडिएको सामुदायिक वनमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

घाँस काट्न गएकी ५२ वर्षीया सरला आचार्य खत्रीलाई आइतबार अपराह्न चितुवाले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी हिक्मत बहादुर बोहोराका अनुसार चितुवाको आक्रमणबाट उनको टाउको र गर्धनमा चोट लागेको छ । 

अहिले गुलरियास्थित जिल्ला अस्पतालमा उनको उपचार भइरहेको डीएसपी बोहोराले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस