काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ सरकार गठनबारे छलफल भएपछि राप्रपाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । बालकोटमा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार दिउँसो छलफल गरेका थिए ।
लगत्तै लिङ्देनले बैठकबारे नेताहरुलाई जानकारी गराएका छन् । केही सांसद र पार्टीका शीर्ष नेताहरुलाई बोलाएर लिङ्देनले भेटबारे ब्रिफिङ गरेका हुन् ।
सो बैठकमा लिङ्देनले सरकारमा सहभागिताबारे प्रस्ताव आएको भन्दै नेताहरुको राय मागेको स्रोतको भनाइ छ । आजै राप्रपाको संसदीय दलको बैठक समेत बस्ने तयारी भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा र राप्रपा नेपालबीच सहमति
‘नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ’ : राप्रपा
काठमाडौँमा राप्रपाले गर्यो शक्ति प्रदर्शन
राप्रपाको विरोध कार्यक्रम आज
राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान
राप्रपा मधेसकी सांसद कञ्चन विच्छा पदमुक्त