काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नयाँ सरकार गठनबारे छलफल भएपछि राप्रपाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । बालकोटमा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार दिउँसो छलफल गरेका थिए ।
लगत्तै लिङ्देनले बैठकबारे नेताहरुलाई जानकारी गराएका छन् । केही सांसद र पार्टीका शीर्ष नेताहरुलाई बोलाएर लिङ्देनले भेटबारे ब्रिफिङ गरेका हुन् ।
सो बैठकमा लिङ्देनले सरकारमा सहभागिताबारे प्रस्ताव आएको भन्दै नेताहरुको राय मागेको स्रोतको भनाइ छ । आजै राप्रपाको संसदीय दलको बैठक समेत बस्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग