काठमाडौं । बालुवाटार बैठक छाडेर हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भनिए पनि आफ्नै घर फर्किएका हुन् ।
यद्यपि माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओली निवास बालकोटमा छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।
उनले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने सुनाएका थिए । त्यसपछि प्रचण्डले पार्टी पदाधिकारीहरुलाई गठबन्धनमा संकट आएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिनाभित्र महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव
थोरै सीट आए पनि हाम्रो मुद्दाले जित्योः प्रचण्ड
‘निर्वाचन परिणामभन्दा मुद्दाको जित महत्वपूर्ण’ : ‘प्रचण्ड’
ओली प्रकरणमा निष्पक्ष अनुसन्धान आवश्यक: प्रचण्ड
प्रचण्ड नेकपाकाे संसदीय दलको नेता चयन
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड