काठमाडौं । बालुवाटार बैठक छाडेर हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् । उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भनिए पनि आफ्नै घर फर्किएका हुन् ।
यद्यपि माओवादीका महासचिव देव गुरुङसहितका नेताहरु भने ओली निवास बालकोटमा छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर पुगेका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रचण्डलाई दोस्रो पालोमा प्रधानमन्त्री पद लिन आग्रह गरेका थिए ।
उनले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसकिने सुनाएका थिए । त्यसपछि प्रचण्डले पार्टी पदाधिकारीहरुलाई गठबन्धनमा संकट आएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
प्रतिनिधि सभा चुनावका लागि महोत्तरी-४ बाट ‘प्रचण्ड’को नाम सिफारिस
प्रचण्डको सचिवालयले भन्यो– 'रास्वपासँग चुनावी सहकार्यका विषयमा कुनै कुराकानी भएको छैन'
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड