काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने बालुवाटार स्रोतले जनाएको छ ।
बालुवाटार जानुअघि देउवाले आफू निकट नेतासँग संवाद गरेका थिए भने प्रचण्डले पदाधिकारी बैठक बसेर सुझाव लिएका थिए । बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए । दुवै पद कांग्रेसले छोड्ने गरी सरकारमा नजान माओवादी पदाधिकारी नेताहरुले सुझाव दिएका छन् ।
यस्तै कांग्रेसका नेता विमलेन्द्र निधि देउवाको सन्देश लिएर बिहानै खुमलटार पुगेका थिए । प्रचण्डलाई भेट्न खुमलटार पुगेका निधिले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछोड्ने अडान सुनाएका थिए । दुवै पक्ष आ–आफ्नो अडानमा भएपछि समझदारी बन्न सकेको छैन । अहिले भइरहेको देउवा प्रचण्डबीच भएको संवादले गठबन्धन रहने कि नरहने टुंगो लाग्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० पुस २०७९, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड