एमालेले प्रदेश १ मा आज संसदीय दलको नेता छान्ने

सफल खबर संवाददाता

आइतबार, १० पुस २०७९, ०८ : २१
एमालेले प्रदेश १ मा आज संसदीय दलको नेता छान्ने

काठमाडौं । नेकपा एमालेले प्रदेश १ मा आइतवार संसदीय दलको नेता छान्ने भएको छ । संसदीय दलको नेता छान्नका लागि एमालेले आइतवार बैठक बोलाएको छ । आइतवार दिउँसो १ बजेका लागि बैठक बोलाइएको एमाले सांसद बुद्धिकुमार राजभण्डारीले बताए । 

प्रदेश १ संसदको सबैभन्दा ठूलो दल एमालेका ४० सांसद छन् । प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ जना र समानुपातिकतर्फ १५ जना सांसद जितेको थियो ।

पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत भएका एमालेका स्थायी कमिटी सदस्य हिक्मतबहादुर कार्की संसदीय दलको नेता बन्ने बलियो सम्भावना रहेको एमालेका नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस