ओली सरकारमा कोही राजाजस्ता, कोही राजकुमारजस्ता

सूर्यप्रकाश कँडेल

आइतबार, १७ असार २०७५, १७ : २७
ओली सरकारमा कोही राजाजस्ता, कोही राजकुमारजस्ता

चितवन । वामपन्थी बुद्धिजीवी एवं प्रगतिशील साहित्यकारको परिचय बनाएका लेखक खगेन्द्र संग्रौलाले ट्वीट गर्दै ओली सरकारलाई व्यंग्यको झटारो हानेका छन् ।
पर्यटन तथा सँस्कृतिमन्त्री रविन्द्र अधिकारीले साठी करोड रुपैयाँ अनुदान बाँडेको विषयलाई व्यंग्य गर्दै संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘ओली सरकारमा कोही राजाजस्ता छन्, कोही राजकुमारजस्ता । सबै राम्रो म, सबै स्वेच्छाचारी । हैट्, राजकुमार रविन्द्र अधिकारीको यो मनपरी ! सँस्कृति प्रवद्र्धनका नाममा पार्टीका आसेपासे, मण्डले, चैते र पवनपुत्रहरुलाई ६० करोडको बक्सिस् ! राज्यको दुर्लभ रकम नाश, ओलीय समृद्धिको यो चमत्कार !’

प्रतिक्रिया दिनुहोस