पाल्पा । पाल्पाको जिल्ला प्रशासन कार्यालय चालु आर्थिक वर्षको ५ महिनामा राहदानी वितरणबाट साढे दुई करोड बढी राजस्व सङ्कलन गरेको हो । जिल्लाबाट राहदानी बनाउनेको सङ्ख्या पनि बढेको छ ।
साउनदेखि मङ्सिर मसान्तसम्म चार हजार ५ सय ७९ राहदानी वितरण गर्दा दुई करोड ५४ लाख ५ हजार ५०० राजस्व सङ्कलन भएको राहदानी फाँटले जनाएको छ । सो अवधिमा एक हजार दुई सय १७ महिला र तीन हजार चार सय ६२ पुरुषले राहदानी लिएका छन् ।
राहदानीको सिफारिसबाट उक्त राजस्व सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत यज्ञेश्वर पन्थीले जानकारी दिए । उनका अनुसार पाँच महिनाको अवधिमा चार हजार सात सय ५५ जनाको राहदानीका लागि सिफारिस भएको छ । यस्तै द्रुत सेवाका लागि दुई सय ७५ जना, नाबालक ४१ जना तथा हराएर पुनः बनाउन आवेदन दिने तीन सय ५२ जना रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
नेपाल सरकारले पछिल्लो समय विद्युतीय राहदानी वितरणका लागि अनलाइन प्रणालीबाट राहदानी वितरण गर्ने गरेको छ । पाल्पामा पनि अनलाइन माध्यमबाट हुँदै आएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन कार्यालयमै फारम भरेर सेवा उपलब्ध गराइएको छ ।
बाहिरबाट अनलाइन फारम भरेर राहदानी लिन सेवाग्राहीलाई सास्ती र चर्को शुल्क तिर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयमै टोकन लिएर राहदानी वितरणको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय पाल्पाकी सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ पुस २०७९, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक वर्षमा आठ हजार बढीले लिए राहदानी
'अब राहदानी अभाव हुँदैन’
राहदानी वितरण रोकिएपछि सेवाग्राही आक्रोशित
झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने बढी
पोर्चुगलमा राहदानी बनाउन नेपालीको घुइँचो