कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

शनिबार, ०९ पुस २०७९, ०८ : ०५
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । आज दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक दुई स्थानमा हल्का वर्षा हुनेछ। 

हिमाली भू–भागका थोरै स्थानमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी राती देशका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुनेछ। प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना छ।

यस्तै  आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस