मेरो भविष्यबारे कुरा गर्ने यो सही समय होइन : रोनाल्डो

एजेन्सी

आइतबार, १७ असार २०७५, १४ : २३
मेरो भविष्यबारे कुरा गर्ने यो सही समय होइन : रोनाल्डो

एजेन्सी । उरुग्वेसँग पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिए पनि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यास नलिने संकेत गरेका छन् ।

एडिसन कभानीले दुई गोल गरेपछि पोर्चुगल अन्तिम १६ बाटै घर फर्कन बाध्य भएको छ । यता, रोनाल्डो विश्वकपको नकआउट खेलमा अझै पहिलो गोल र एसिस्टको खोजीमा छन् ।

सन् २०२२ मा कतारमा हुने विश्वकपमा रोनाल्डो ३७ वर्षको पुग्नेछन् तर उरुग्वेको खेलपछि उनले आफ्नो भविष्यबारे पुनर्विचार तत्काल नगर्ने बताए ।

‘मेरो वा प्रशिक्षक वा अन्य कुनै खेलाडीको भविष्यको बारेमा कुरा गर्ने यो सही समय होइन,’ उनले भने, ‘मलाई विश्वास छ यो टोली विश्वको उत्कृष्ट टोलीमध्ये एक बनिरहनेछ । हामीसँग महत्वकांक्षी खेलाडीहरु छन् । पोर्चुगलले उपाधि जित्न अघि बढ्नेछ र पोर्चुगलका जनतालाई गर्वान्वित महसुस गराउनेछ ।’

उनले पोर्चुगलले उरुग्वेभन्दा राम्रो खेल प्रदर्शन गरे पनि अन्ततः धरै गोल गर्ने टोलीले खेल जितेको बताए । ‘हामी जित्न चाहन्थ्यौँ, हामी राम्रो लड्यौँ तर म उरुग्वेलाई बधाई दिन चाहन्छु,’ उनले भने ।

‘हामी शीर उच्च राखेर यहाँबाट जाँदैछौ । पोर्चुगलको राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्न पाउँदा म निकै गर्वान्वित महसुस गरिरहेको छु,’ उनले भने ।

यता, पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पनि टोलीको कप्तान अगामी दिन पनि टोलीका उपलब्ध हुने बताए ।

के उनले सन् २०२० को युरोपिन च्याम्पियनसीप र त्यसको दुई वर्षपछिको विश्वकप खेल्नेछन् भन्ने प्रश्नमा उनले भने, ‘पक्कै पनि । क्रिस्टियानोले फुटबललाई अझै धेरै दिन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस