काठमाडौं । भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामले प्रवेश पाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सांसदहरूले भावी राष्ट्रपतिको रुपमा नेपालको नाम प्रवेश गराएका हुन् ।
अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको जनाएका हुन् । ‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा पनि छलफल भइरहेको छ,’ शर्माले खुलासा गरे । उनले सो छलफलमा कांग्रेस सांसद रामचन्द्र पौडेलको पनि नाममा छलफल भएको जनाएका छन् ।
उता, सपथ समारोहमा सहभागीतापछि स्वयं नेपालले पनि भावी राष्ट्रपतिको रुपमा आफ्नो नाममाथि छलफल भइरहेको संकेत गरेका छन् । उनले ०६४ र ०७० मा पनि राष्ट्रपतिका लागि आफ्नो नाममा छलफल भएको जनाउँदै ‘उमेर पुगेको’ टिप्पणी गरेका छन । तर, सञ्चारकर्मीले भावी राष्ट्रपतिमा तपाईको नाम चर्चामा आएको छ भन्ने प्रश्न गर्दा भने, ‘त्यस्तो अप्ठयारो प्रश्न नगर्नुहोस् न’ भनेर छलफल भईरहेको बिषयलाई पुष्टि गरेका छन् ।
यद्यपि, उनले आफू अझै सक्रिय राजनीतिमा सहभागी हुने भन्न चाही छुटाएनन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘जेन जेडको माग संविधानको खारेजी र संसद्को विघटन थिएन’: माधव नेपाल
हाम्रो पार्टीको अहिलेको ठूलो समस्या ओली हुन्: माधव नेपाल
‘नेपालको कम्युनिस्ट आन्दोलन संकटको अवस्थामा’: माधव नेपाल
दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवादविरुद्ध हाम्रो विद्रोह: माधव नेपाल
यो पार्टीले गरिखाँदैन भन्नेलाई ठाउँ छैन, हाम्रो पार्टीको भविष्य छ : माधव नेपाल
हाम्रो पार्टीले उथलपुथल ल्याउनसक्छ: माधव नेपाल