काठमाडौं । बंगबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ । नेपाल र आयोजक बंगलादेशबीचको खेल साँझ ४ बजे सुरु हुने बताइएको छ ।
नेपाल भलिबल संघले गत आइतबार नै १९ सदस्यीय टोलीलाई बिदाई गरेको थियो । प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा रहेको टोलीको कप्तानी ओपन स्पाइकर धिरोजकुमार बस्नेतले गर्नेछन् ।
यस अघि संंघले खुला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र काजकिस्तान रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनभीए भलिबल : उपाधिका निम्ति पुलिस र न्यु डायमन्ड भिड्दै
नेपाल पुलिस क्लबलाई भलिबल कपको उपाधि