काठमाडौं । एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा महिलातर्फ आज फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबविरुद्ध न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब प्रतिस्पर्धा गर्दैछन् ।
खेलमा दुबै टोली पहिलोपटक ट्रफी घर ल्याउने लक्ष्यमा हुनेछन् । यी दुबै टोलीले शुक्रबार भएको पहिलो र दोस्रो सेमिफाइनलमा क्रमशः विभागीय टिम नेपाल एपीएफ क्लबलाई सोझो सेटमा र त्रिभुवन आर्मी क्लबविरुद्ध ३–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
खेल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा विहान ९ बजे हुनेछ । पुलिसले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह चरणमा कूल तीन खेल खेलेको पुलिसले मधेस प्रदेश खेलकुद परिषद् र सुदूरपश्चिम प्रदेश खेलकुदलाई सोझो सेटमा हराउँदा एपीएफमाथि ३–२ को जित निकालेको थियो ।
न्यु डायमन्डले भने समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । समूह चरणमा तीन खेल खेलेको न्यु डायमन्डले एभेरेष्ट भलिबल एकेडेमी, त्रिभुवन आर्मी क्लब र चुली युवा क्लबलाई सोझो सेट पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ पुस २०८२, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल पुलिस क्लबलाई भलिबल कपको उपाधि