पार्टीलाई बाधा मुक्त राख्ने काममा लाग्छुः प्रधानमन्त्री देउवा

सफल खबर संवाददाता

बुधबार, ०६ पुस २०७९, १२ : ४१
पार्टीलाई बाधा मुक्त राख्ने काममा लाग्छुः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका छन ।बुधबार बिहान कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताए । सोही अवसरमा प्रधानमन्त्री देउवाले आफूलाई कांग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरुलाई धन्यवाद समेत गरे । उनले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिवद्ध रहेको बताए ।

उनले भने,‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधान मुक्त राख्नेछु ।’ कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापाले २५ मत प्राप्त गर्दा सभापति देउवाले ६४ मत प्राप्त गरेर विजयी भए ।

प्रतिक्रिया दिनुहोस