काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामपन्थीको सरकार नबन्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले नै वामपन्थीको सरकार बन्ने अवस्था नरहेको बताए ।
पाँच दलीय गठबन्धनमा आवद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेतृत्वको सरकार बनाउन प्रयास थालेको भनिएका बेला अध्यक्ष नेपालको सो धारणा आएको हो ।
साथै अध्यक्ष नेपालले वामपन्थीइतरको मात्रै पनि सरकार नबन्ने दाबी गरे । पाँच दलीय गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका उनले आपसी संवादबाट प्रधानमन्त्रीसहित शक्ति बाँडफाँट गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड