कतार विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भए मेस्सी, पाए गोल्डेन बल

सफल खबर संवाददाता

सोमबार, ०४ पुस २०७९, ०८ : ०५
कतार विश्वकपकै उत्कृष्ट खेलाडी घोषित भए मेस्सी, पाए गोल्डेन बल

एजेन्सी । कतार विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल्डेन बल अवार्ड जितेका छन् । विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् ।

उनको कप्तानीमा अर्जेन्टिनाले विश्वकपको उपाधि जित्यो । भने उक्त जितको नायक मेस्सी बनेका थिए । मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई हराएर तेस्रो पटक उपाधि जितेको हो । मेस्सीले यो विश्वकप नै आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस