भरतपुर । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका(२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो।
आक्रमणबाट घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो। साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ।
यसअघि माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ पुस २०७९, ०८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सडकमा हिँडिरहेका युवकमाथि जंगली हात्तीको आक्रमण
हरेक रात आउने हात्तीको बथानले बाहुनडाँगीमा त्रास
हात्तीको आक्रमणबाट दुई जना घाइते
कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु