प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ

सफल खबर संवाददाता

शनिबार, ०२ पुस २०७९, २१ : ०६
प्रधानमन्त्री देउवाद्वारा राजस्व भुक्तानी प्रणालीको शुभारम्भ

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरमा ‘स्मार्ट राजस्व भुक्तानी प्रणाली’को शुभारम्भ गरेका छन् । महानगरको १०४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले महानगरको ‘स्मार्ट सेवा’ अन्तर्गत ‘फोनपे’मार्फत राजस्व भुक्तानी प्रणालीको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक गरिमालाई चीरकालपर्यन्त जीवन्त राख्न जनप्रतिनिधिसहित सम्पूर्ण कर्मचारीको सामूहिक प्रतिबद्धता रहने विश्वास व्यक्त गरे।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँको ललितपुरसँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको बताए। ललितपुर महानगरका नगरप्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका कला, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा आफूहरूले विशेष प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस