काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देउवालाई भेटेर प्रधानमन्त्रीमा दाबी गरेपछि देउवाले नेपालसँग छलफल गरेका हुन् ।
एकीकृत समाजवादीको दस सिटसहित आफूसँग ६० बढी सिट रहेको प्रचण्डको दाबी छ । सोही सिट संख्याका आधारमा प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी पेस गरिरहेका छन् । यही विषयमा 'क्लियर' हुन देउवाले नेपालसँग भेटवार्ता गरेको बालुवाटार स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ पुस २०७९, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार