काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक गरेसँगै दलहरुको ध्यान संसदीय दलको नेता चयनतर्फ मोडिएको छ ।नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि पुस ३ गतेपछि मात्रै प्रक्रिया सुरू गर्ने भएको छ ।
आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाणपत्र दिएसँगै कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया सुरू गर्ने जनाएको छ ।कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जितेर संसद्को पहिलो ठूलो दल बनेको छ ।
संसदीय दलको नेता चयनबारे अनौपचारिक कुराकानी भइरहे पनि औपचारिक छलफल भने पुस ३ गतेपछि मात्रै गरिने कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
कांग्रेसमा संसदीय दलको नेता बन्न धेरैले आकांक्षा राखेका छन् ।कांग्रेस संसदीय दलको विधान, २०७४ को दफा ६ मा सम्पूर्ण सदस्यको ५१ प्रतिशत मत ल्याउने उम्मदेवार दलको नेता बन्ने व्यवस्था छ । ‘संसदीय दलको नेता निर्वाचित हुनका लागि संसदीय दलका सम्पूर्ण सदस्य संख्याको ५१ प्रतिशत सदस्यको मत प्राप्त गर्नुपर्नेछ,’ विधानको दफा ६ को उपदफा ४ मा भनिएको छ ।
दुईभन्दा बढी प्रतिस्पर्धी रहेको अवस्थामा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसके निर्वाचन दोस्रो चरणमा प्रवेश गर्नेछ । पहिलो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । दुई प्रतिस्पर्धीमा ५१ प्रतिशत मत ल्याउने नै दलको नेता निर्वाचित हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ पुस २०७९, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?