काठमाडौं । वान एक्स बेटमार्फत सट्टेबाजी गराउने अर्का युवक पक्राउ परेका छन् । फिफा विश्वकपलगायतका अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा बेटिङ एप्लिकेसनलगायतका एप्समार्फत सट्टेबाजी गराई रकम संकलन गराउने कार्य गरिरहेको सूचनाका आधारमा प्रहरीले बिहीबार काठमाडौंको कमलपोखरीबाट लमजुङको सुन्दरबजार घर भएका सुजन गौलीलाई पक्राउ गरेको हो ।
उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरअन्तर्गत थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानमा गौलीले इसेवा, आईएई पे, खल्ती एप्स तथा विभिन्न बैंकिङ प्रणालीमार्फत हालसम्म दुई करोड ३६ लाख ३३ हजार बराबरको कारोबार गरिएको देखिएको प्रहरीले जनाएको छ । यस्तै, अन्य २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत सात करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ ।
प्रहरीले उनको साथबाट आईफोन एक थान, सामसुङ कम्पनीको मोबाइल एक थान, एनटिसीको मोबाइल सिमकार्ड दुई थान, एनसेलको दुई थान, स्मार्टको सिमकार्ड एक थान, युएईको सिमकार्ड एक थान, नबिल बैंकको चेक र ग्लोबल आईएमई बैंकको भिसा कार्ड एक थानसमेत बरामद गरेको एसपी कोइरालाले भने । यसअघि प्रहरीले वानएक्ट बेटिङ गरेको आरोपमा आदर्श ठाकुरलाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ