काठमाडौं । निर्वाचन आयोगका पदाधिकारी र उपराष्ट्रपति नन्दबहादुर पुनबीच भेटघाट भएको छ । आमनिर्वाचन ०७९ सम्पन्न भएको अवसरमा बिहीबार दिउँसो उक्त भेटघाट भएको आयोगले जनाएको छ ।
भेटघाटमा उपराष्ट्रपति पुनले निर्वाचन चुनौतीपूर्ण कार्य हुँदाहुँदै पनि विगतका निर्वाचनको तुलनामा यो निर्वाचन व्यवस्थित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न भएको बताए ।
उपराष्ट्रपति पुनले आम निर्वाचन २०७९ ले अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको प्रतिष्ठा बढेको बताए । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन परिणामसहितको प्रतिवेदन उपलब्ध गराउँदै निर्वाचनको सारसंक्षेप तथा यसका चुनौतीबारे अवगत गराएका थिए ।
भेटमा आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा, आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेल सहभागी थिए । आयोगले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह