वीरेन्द्र क्याम्पस र महानगरबीच सहकार्यका विषयमा अन्तरक्रिया

शैक्षिक गुणस्तर विकासका लागि महानगर सहयोेग गर्न तत्पर रहेको मेयर दाहालको भनाई

सफल खबर संवाददाता

विहीबार, २९ मंसिर २०७९, १२ : १२
वीरेन्द्र क्याम्पस र महानगरबीच सहकार्यका विषयमा अन्तरक्रिया

चितवन । वीरेन्द्र बहुमुखी क्याम्पस र भरतपुर महानगरपालिकाका बीच आगामी दिनमा हुनसक्ने सहकार्यका विषयमा बिहीबार अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पसमा शैक्षिक गुणस्तर विकासका लागि महानगर जस्तोसुकै सहयोेग गर्न तत्पर रहेको प्रमुख अतिथि दाहालले बताइन्। 'महानगरपालिका भित्र रहेका सबैजसो शैक्षिक संस्था÷विद्यालयको गुणस्तर सुधार गर्न सहयोग गरेको छ । छिमेकमै रहेको यस वीरेन्द्र बहुमुखी क्याम्पस जुन देशकै शिक्षाको आकर्षणको थलोको रुपमा रहेर शैक्षिक गुणस्तरका हिसाबले राम्रो रहेको छ तर भौतिक पूर्वाधारका हिसाबले पछाडि रहेको कुरामा म पनि सहमत छु’ भन्दै महानगरले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताइन् ।  

‘विगतका दिनमा क्याम्पस र महानगरबीच जुन खालको सहकार्य हुनुपर्ने थियो, त्यो हुन नसक्नुमा हाम्रो समेत केही कमिकमजोरी रह्यो होला तर क्याम्पसको तर्फबाट पनि त्यस अनुरुप सहकार्य हुन नसकेकोले आगामी दिनमा सहकार्य आवश्यक छ’ भन्दै क्याम्पसले महानगरबाट राखेका अपेक्षाहरुलाई लिपिवद्ध गरी बृहत गुरुयोजनाका साथ अगाडि बढ्न महानगर तयार रहेको बताइन् । मेयर दाहालले अति विपन्न, पिछडिएको वर्गका विद्यार्थीहरुका लागि महानगर र क्याम्पसको तर्फबाट अक्षयकोष खडा गरी छात्रवृत्तिको व्यवस्था मिलाउन आवश्यक सहयोग गर्ने उल्लेख गर्दै अन्तक्र्रियाको क्रममा उठेका विषयमा महानगरको गम्भीर ध्यानाकर्ष भएको भन्दै समस्याहरुको दीर्घकालीन रुपमा समाधानका लागि महानगर दृढतापूर्वक अगाडि बढ्ने बताइन् । उनले क्याम्पस गेटमा सुविधासम्पन्न अत्याधुनिक शौचालय निर्माणका लागि क्याम्पसले जग्गा उपलब्ध गराई सहयोग गर्न आग्रह गरेकी थिइन् । 

कार्यक्रममा वीरेन्द्र बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी तथा भरतपुर महानगरपालिकाका उप–मेयर चित्रसेन अधिकारीले क्याम्पसका शैक्षिक, भौतिक र गुणस्तर विकासमा महानगर सहयोग गर्न तत्पर रहेको बताए । उनले क्याम्पसमा आफ्ना मागहरुलाई स्थापित गर्ने नाममा हुने राजनीतिलाई अन्त्य गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि सबै विद्यार्थी संघ÷संगठन, प्राध्यापक, कर्मचारी तथा सम्पूर्ण क्षेत्रको सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिए । 

उक्त अन्तक्र्रिया कार्यक्रममा सहभागी प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुले क्याम्पस भित्र भएगरेका गतिविधिका साथै उनीहरुलाई परेका समस्याका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए । उनीहरुले क्याम्पस गेटमा प्रवेश द्वार, क्याम्पसमा गेटमा हुने दुर्घटना न्यूनीकरणका लागि आकाशे पुल, बस स्टपलगायतका विविध विषय उठाएका थिए । क्याम्पस प्रमुख प्रा.दयाराम पौडेलको सभापत्विमा सम्पन्न कार्यक्रममा वडा नं. १० वडाध्यक्ष परमेश्वर खनाल, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष तथा महानगरका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारी, सहायक क्याम्पस प्रमुखहरु, विभागी प्रमुखहरु, कार्यक्रम संयोजकहरु, प्राध्यापक संघका सभापति सुर्यनारायण पौडेल, कर्मचारी संघका सभापति सन्तप्रसाद ढुगांना, क्याम्पसमा क्रियाशील प्राध्यापक संघ÷संगठनका प्रमुखहरु, कर्मचारी संघ÷संगठनका प्रमुखहरु, विद्यार्थी संघ÷संगठनका प्रमुख तथा प्रतिनिधि, शाखा प्रमुखहरु, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सहायक क्याम्पस प्रमुख भानुभक्त कँडेलले सञ्चालन गरेकाउक्त अन्तक्र्रियामा क्याम्पस प्रमुख प्रा. दयाराम पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस